नियम ११
पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार
: (१) पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) नियम ९ बमोजिम पदपूर्तिको लागि प्रतिशत निर्धारण गर्ने,
(ख) खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदको पाठ्यक्रम निर्धारण गर्ने,
(ग) पदपूर्ति कार्यतालिका बनाउने,
(घ) परीक्षाको किसिम तोक्ने,
(ङ) पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने,
(च) परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने,
(छ) नियुक्तिको लागि सिफारिस गर्ने,
(ज) लोक सेवा आयोगबाट स्वीकृत प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तमा पदपूर्ति समितिले गर्ने भनी तोकेका पदपूर्तिसँग सम्बन्धित आवश्यक अन्य कार्य गर्ने ।
(२) पदपूर्ति समितिले प्रहरी सेवाको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
(३) पदपूर्ति समितिले तोकेको अधिकृत प्रतिनिधिको रोहबरमा शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा लिनु पर्नेछ । सो परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको प्राप्ताङ्क शिलबन्दी गरी राख्नु पर्नेछन्‌ । यसरी सिलबन्दी गरी राखिएको प्राप्ताङ्क पदपूर्ति समिति वा पदपूर्ति समितिले तोकेको अन्य उपसमितिले अन्तिम नतिजा प्रकाशन गर्दा मात्र खोली अङ्क गणना गर्नु पर्नेछ ।”